Rumpum Advertisement

कोरोना भाइरस बेलायतका लागि विनाश : प्रधानमन्त्री जोनसन

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना भाइरस बेलायतका लागि विनाश : प्रधानमन्त्री जोनसन

विराटनगर, १६असार । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस संकट बेलायतको लागि ‘वनाश’ साबित भएको बताएका छन् ।

उनले अब कहाँ गल्ती भयो भनेर अनुसन्धान गर्ने सही समय नरहेको बताउँदै कोरोना भाइरस दुःखलाग्दो घटना भएको उल्लेख गरेका छन् ।

यसलाई अन्दाज गर्न पनि नसक्ने बताउँदै उनले देशका लागि डरलाग्दो अनुभवसमेत रहेको बताएका छन् ।

कोभिड १९ बाट संक्रमित भएपछि आईसीयूमा भर्ना भइसकेका जोनसनले भाइरसको कारण पीडित भएका तथा निधन भएकाहरू प्रति कहा के गल्ती भयो भनेर पत्ता लगाउन सरकारको जिम्मेवारी रहेको बताए ।