कोभिड-१९ को सम्भावित खोपले प्रभावकारी हुने नतिजा देखायो

विराटनगर, १६ असार । कोरोना भाइरसको सम्भावित खोपले प्रारम्भिक मानव परीक्षणको नतीजा सुरक्षित र प्रभावकारी हुनसक्ने देखाएको छ ।

चाइना नेश्नल बायोटेक ग्रुप (सीएनबीजी)ले कम्पनीको दोस्रो खोपले क्लिनिकल परीक्षणमा उत्साहजनक नतिजा देखाउन सक्ने सुझाइएको हो  ।

परीक्षणको प्रारम्भिक तथ्यांकका अनुसार सीएनबीजीले सामाजिक मिडिया प्लेटफर्म बेइजिङमा प्रयोगात्मक खोपलाई फेज १ र २ क्लिनिकल परीक्षणमा १ हजार १ सय २० स्वस्थ व्यक्तिहरू सम्मिलित सबै सहभागीहरूमा लगाएकोमा धेरैले उच्च स्तरीय एन्टिबडीहरू विकसित गरेको बताइएको छ ।

चिनियाँ कम्पनीहरू र अनुसन्धानकर्ताहरूलाई मानवमा आठ सम्भावित खोपहरूको परीक्षण गर्नका लागि अनुमति दिइएको छ ।

चीन नेशनल फार्मास्यूटिकल ग्रुप (सिनोफर्म)सँग सम्बद्ध सीएनबीजीले जुनको सुरुमा वुहानमा उत्पादित अर्को सम्भावित खोपले पनि प्रारम्भिक परिणामको आधारमा क्लिनिकल परीक्षण सहभागीहरूमा उच्च-स्तरको एन्टिबडीहरू उत्पन्न गरेको जानकारी दिएको छ ।

खोपको वितरण गर्नका लागी “फेज थ्री” मानव परीक्षणको क्रममा एउटा खोपले हजारौं सहभागीहरूमा प्रभावकारिता प्रमाणित गर्नपर्ने हुन्छ ।

Loading...