बंगलादेशमा हुने साफ च्याम्पियनसिप एक वर्ष पछि धकेलियो

काठमाडौं, १६ असार । १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्ष पछि धकेलिएको छ ।

सेप्टेम्बर ७ देखि बंगलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप कोरोना भाइरसको महामारीको कारण एक वर्ष सारिएको हो ।

gh

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेसँगै अब प्रतियोगिता सन् २०२१ मा हुनेछ ।

नेपालसहित अन्य ६ सार्क राष्ट्रबीच हुने प्रतियोगिता २०१८ पछि फेरि लगातार दोस्रो पटक बंगलादेशले नै साफ आयोजना गर्ने जिम्मेवारी पाएको थियो ।

सन् २०१८ को साफ पनि बंगलादेशको ढाकामा भएको थियो । जसमा उक्त संस्करणमा भारतलाई २–१ गोलले हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो ।

नेपाल २०१५ को साफ च्याम्पियनसिपबाहेक अरु पाँच संस्करणमा सेमीफाइनलभन्दा माथि उक्लन सकेको छैन । अघिल्लाे संस्करणमा पनि नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

Loading...