असार १५ : रोपाइँमा मतदातासँगै जनप्रतिनिधि

विराटनगर, १५ असार । राष्ट्रिय धान दिवसमा मतदातासँगै जनप्रतिनिधीहरूले रोपाइँ गरेका छन् । सरकारले १५ असारलाई धान दिवसको रूपमा मनाउँदै आएको छ ।

धान दिवसमा सोमबार मोरङका जनप्रतिनिधीले मतदातासँगै धान रोपाइँ गरेका हुन् ।

विराटनगर महानगरपालिका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले वडा नम्बर १९ मतदातासँगै रोपाइँ गरे ।

रतुवामाई नगरपालिकाका मेयर रवीन राईले पनि मतदातासँगै धान रोपाइँ गरे ।

सुन्दरहरैंचा नगरपालिका मेयर शिवप्रसाद ढकालले वडा नम्बर ११ का किसानसँगै धान दिवस मनाएका छन् । उपप्रमुख र वडाध्यक्षसहित पुगेका उनले हलो पनि जोतेका थिए ।

प्रतिनिधिसभा सांसद तथा नेकपा केन्द्रीय सदस्य शिवकुमार मण्डलले विराटनगर– ८ का स्थानीयसँग धान रोपे ।

विराटनगर १३ मा नेकपा महानगर कमिटिले आयोजना गरेको धान रोपाइँमा सांसद कुलप्रसाद साम्बा, बसन्तीदेवी यादव, विराटनगर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने लगायतको उपस्थितिमा ४ विगाह खेतमा धान रोपाइँ गरिएको रोहित कोइरालाले जानकारी दिए ।

Loading...