निरन्तर आलोचना हुँदा पनि बलिउडका कलाकारहरूले सहयोग नगरेको भन्दै करणले दिए मामीबाट राजीनामा

विराटनगर, १५ असार । बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले मुम्बई एकेडेमी अफ मुभिङ इमेज (मामी)बाट राजीनामा दिएका छन् ।

भारतीय मिडियाका अनुसार विभिन्न आरोपबाट दिक्क हुँदै र आफूमाथि निरन्तर हमला हुँदा पनि बलिउडका कलाकारहरूले सहयोग नगरेको भन्दै मामीबाट राजीनामा दिएको जनाइएको छ ।

करणले निर्देशक स्मृती किरणलाई राजीनामा पठाएका हुन् ।

करणसँग स्मृती र चेयर पर्सनसमेत रहेकी नायिका दीपिका पादुकोणले राजीनामा नदिन आग्रह गरेकी छन् । यो बोर्डमा विक्रमादित्य मोटवाने, सिद्धार्थ रोय कपुर, जोया अख्तर छन् ।

करणले यस विषयमा केही पनि पुष्टि गरिसकेका छैनन् ।

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नातावाद र परिवारवाद जस्तो मुद्दा पनि ठूलो छलफलमा आएको छ ।

यो बिषयमा आलिया भट्ट, सोनम कपूर, अन्नया पाण्डे, जाहन्बी कपूर लगायतका स्टार किड्स र निर्माता करण जोहरलाई आलोचनाको सिकार भएका छन् ।

बलिउडमा परिवारवादलाई बढाउनमा करणको भूमिका सबैभन्दा बढी रहेको भन्दै सुशान्तका फ्यानहरू करण माथी खनिएका छन् ।

अत्याधिक आलोचित भएपछि आफ्नो फोन नम्बर परिबर्तन गरेका करणले ट्वीटरबाट धेरै बलिउडकर्मीलाई अनफलो गरिसकेका छन् भने इन्स्टाग्रामलाई पनि कमेन्ट गर्न नमिल्ने बनाएका छन् ।

Loading...