कोरोनाका कारण थप एकजनाको ज्यान गयो

विराटनगर, १५ असार । पछिल्लो २४ घण्टायता नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबारको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले राैतहटका ३० वर्षीय एक पुरुषको कोरोनाबाट ज्यान गएको जानकारी दिए ।

स्टार अस्पतालमा उपचाररत उनकाे कारोनाका कारण मृत्यु भएको हो ।

ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए ।

आइसियुमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो ।

१३ गते बेलुकी नै उनको निधन भएको थियो ।

उनको हिजोमात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो ।

तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिनन अस्पतालमा उनी उपचारका लागि गएको प्रवक्ता डा. गौतमले बताए ।

उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या २९ पुगेको छ ।

नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १३ हजार २ सय ४८ पुगेको छ । आज थप ४७६ जनामा संक्रमण पुष्टि भएकाे छ ।

संक्रमणमुक्त हुनेकाे संख्या भने ३१ सय ३४ पुगेकाे छ । आज १२१ जनाले काेराेना जितेका हुन् ।

Loading...