नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

विराटनगर, १५ असार । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १३ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ४ सय ७६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार देशभरिका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा ११२ महिला र ३६४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमध्ये १५ सय ८६ महिला र ११ हजार ६६२ पुरुष रहेका छन् ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३१ सय ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या २९ पुगेकाे छ । पछिल्लाे २४ घण्टायता एक जनाकाे काेराेनाका कारण ज्यान गएकाे मन्त्रालयले जनाएकाे हाे ।

Loading...