कोरोना जित्नेको संख्या ३१ सय ३४ पुग्यो

विराटनगर, १५ असार । पछिल्लो २४ घण्टायता नेपालमा थप १२१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १२१ जना कोरोनामुक्त भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार आज १३ महिला र १०८ पुरुष कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् ।

यससँगै नेपालमा कोरोनामुक्त हुनेहरूको संख्या ३ हजार १ सय ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टायता थप ४ सय ७६ जनामा कोरोना पोजिटिभ देखिएको छ । यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

Loading...