कोरोना संक्रमण भएका २० मध्ये एकजनालाई अस्पताल उपचारको आवश्यक पर्छ : अध्ययन

विराटनगर, १५ असार । कोभिड-१९ बाट गम्भीर बिरामी हुने बढी जोखिममा रहेका २० मध्ये एकजनालाई अक्सिजन थेरापी जस्ता अस्पताल उपचार आवश्यक पर्ने देखिएको छ ।

लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनको नेतृत्वमा बेलायत, अमेरिका र चीनका अन्वेषकहरूले १ सय ८८ देशहरूको स्वास्थ्य तथ्यांक र २०२० को लागि संयुक्त राष्ट्र जनसंख्याको आधारमा अनुमान गरेका छन् ।

कोभिड-१९ को जोखिम ठूलो अनुपातमा विभिन्न स्वास्थ्यका अवस्थाहरू भएका मानिसहरूबाट आएको हुन सक्छ । र, खोपविना जोखिममा परेका मानिसहरूलाई यस रोगबाट बचाउन अझ बढी प्रयासको आवश्यक हुन्छ ।

लन्सेटमा प्रकाशित समीक्षा गरिएको नोटमा जोखिममा रहेका जनसंख्याको पहिचान गर्नु देशहरूमा सम्भावित स्वास्थ्य बोझको अनुमान गर्नका लागि मात्र महत्वपूर्ण नभएर लक्षित समूहका मानिसहरूलाई प्रसारण गर्ने जोखिम कम गर्ने रणनीतिहरूको डिजाइनका लागि पनि महत्वपूर्ण हुन्छ ।

अनुसन्धानकर्ताहरूले विश्वको जनसंख्याको करिब २२ प्रतिशत ब्यक्तिहरूमा केही न केही एउटा स्वास्थ्य समस्या रहेको हुन्छ जसकारण उनीहरू कोभिड १९ लागिहालेमा गम्भीर बिरामी हुने खतरामा पर्छन् ।

तर, तीमध्ये धेरैको अवस्था पहिचान गर्न नसकिने हुन सक्ने हुँदा जोखिम बढी हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनले सुरुवाती दिनहरूदेखि नै वृद्ध मानिसहरू र पहिलेदेखि नै स्वास्थ्यमा केही समस्या देखिएका ब्यक्तिहरू कोभिड १९बाट गम्भीर बिरामी हुने बढी जोखिममा हुने बताउँदै आएको छ ।

अध्ययनका अनुसार ती अवस्थाहरूमा हृदयरोग, मधुमेह, दीर्घ किड्नी र श्वास रोग र अन्य दीर्घकालीन अवस्थाहरू समावेश छन् ।

Loading...