बाँकेमा कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको संख्या ३१७ पुग्यो

नेपालगञ्ज, १५ असार । बाँकेमा कोरोनाबाट निको भइ डिस्चार्ज हुनेको संख्या ३१७ पुगेको छ ।

आज थप पाँच जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेको संख्या ३१७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनका अनुसार आज नेपालगञ्जस्थित आदर्शनगर आइसोलेसन सेन्टरबाट खजुरा ४ का ३ जना, सुशील कोइराला क्यान्सर अस्पताल खजुराबाट खजुरा ४ कै १ जना र खजुराको कृषि तालिम केन्द्र आइसोलेसन सेन्टरका नेपालगञ्ज १४ का १ जना गरी ५ जना निको भएका छन् ।

बाँकेमा हालसम्म ३ सय ५२ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।

Loading...