प्रदीप अभिनित ‘जय जय नेपाल’को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

विराटनगर, १५ असार । “प्रेम गीत” सिरिजबाट चिनिएका चर्चित अभिनेता प्रदीप खड्का अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘जय जय नेपाल’ बोल रहेको गीतको भिडियोलाई ओएसआरको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरेको गीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ ।

राष्ट्रभक्तिका शब्द समेटिएको गीतलाई अशोक शेरचनले लेखेका हुन् । गीतमा गायकहरूका साथै प्रदीप र नीति शाहको प्रस्तुति रहेको छ ।

नीतिन चन्दको निर्देशनमा तयार गरिएको गीतको म्युजिक भिडियोमा एलिस कार्कीको संगीत र शैलेन्द्र एम प्रधानको संगीत संयोजन गरेका हुन् ।

यसअघि ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा प्रद‍ीपलाई फिचरिङ गरिएको थियो ।

प्रदीप अभिनीत पछिल्लो चलचित्र ‘प्रेम गीत ३’ हो जुन लकडाउनले गर्दा प्रदर्शन हुन पाएन ।

लकडाउनले फिल्म प्रदर्शनदेखि लिएर छायांकन रोकिएपछि छोटो समयमा नै छायांकन सकिने र राम्रो पारिश्रमिक पाउने भएकाले धेरैजसो कलाकारहरू म्युजिक भिडियोमा आकर्षित भइरहेका छन् ।

Loading...