१३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

सल्यान, १५ असार । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

आफ्नै १३ वर्षीया छोरीलाई करणी गरेको आरोपमा सल्यानको शारदा नगरपालिका–१२ का ३९ वर्षीय एक पुरुष पक्राउ परेका हुन् ।

घरमा कोही नभएको मौका छोपेर पटकपटक ती पुरुषले छोरीलाई बलात्कार गर्ने गरेको प्रहरीले बताएको छ । घर नजिकैबाट उनलाई पक्राउ गरिएको बताइएको छ ।

काठमाण्डौमा आफन्तकोमा बस्दै आइरहेकी बालिका लकडाउनको समयमा घर आएकी थिइन् ।

वैशाख महिनादेखि नै विभिन्न डर त्रास देखाइ करणी गरी रहेको गोप्य सूचनाका आधारमा बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमख ढकेन्द्र खतिवडाले बताए ।

पक्राउ परेका व्यक्तिविरुद्ध जबर्जस्ती करणी तथा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरिएको छ ।

उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको खतिवडाले जानकारी दिए ।

Loading...