युभेन्टससँग आर्थरको पाँच वर्षको सम्झौता

एजेन्सी, १५ असार । बार्सिलोनाका युवा मिडफिल्डर आर्थरले ईटालियन क्लब युभेन्टससँग पाँच वर्षको सम्झौता गरेका छन् ।

मेडिकलका लागि आईतबार टुरिन आएका आर्थरले सम्झौतामा हस्ताक्षर गरेको ‘मार्का’ ले जनाएको छ ।

सम्झौतामा हस्ताक्षर गरी सकिएको भएपनि यसबारे आधिकारीक घोषणा मंगलबार मात्र गरिने मार्काले उल्लेख गरेको छ ।

बार्सिलोना र युभेन्टसबीच लामो समयदेखि चर्चा हुँदै आएको स्वाप–डिल पूरा हुन लागेको हो ।

बार्सिलोनाले युभेन्टसको मिडफिल्डर मिरालेम पिजानिकलाई क्लबमा अनुबन्ध गरेर आर्थरलाई युभेन्टस पठाउन लागेको खबर निकै अघिदेखि अन्तर्राष्ट्रिय खेलकुद पत्रिकाहरूमा उल्लेख हुँदै आइरहेको थियो ।

यसैबीच, पिजानिकको पनि आइतबार नै टुरिनमा स्वास्थ्य परीक्षण भएको छ ।

बार्सिलोनाका चिकित्सकको सुपररिवेक्षणमा पिजानिकको इटालीमा नै मेडिकल गरिएको मार्काले जनाएको छ ।

Loading...