‘ला लिगा उपाधिको छिनोफानो सिजनको अन्तिम खेलपछि मात्रै हुनेछ’

एजेन्सी, १५ असार । ला लिगा १९-२० सिजनको ३८ मध्ये ३२ चरणका खेलहरू सकिएका छन् । ६ चरणका खेल बाँकी रहँदा रियल मड्रिड दोस्रो स्थानको बार्सिलोनाभन्दा दुई अंकले माथि छ ।

dsaf

पछिल्लो खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–२ को बराबरीमा रोकिएको फाइदा रियल मड्रिडले अंक दूरी बढाउँदै लिएको छ ।

गए राति भएको खेलमा स्पान्योलसँग १–० को साघुँरो जित निकाल्दै भएपनि रियल ला लिगा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

दुई अंकसहित तालिकाको शीर्ष स्थानमा रियल रहे पनि यो नै लिगको अन्त्य नभएको रियलका प्रशिक्षक जिनेदिन जिदान बताउँछन् ।

जिदान भन्छन्, ‘उपाधि कस्ले जित्ने हो त्यसको टुंगो लिगको अन्तिम खेल पछि मात्रै लाग्नेछ ।’

स्पान्याेलको मैदान आरसीडीई स्टेडियममा भएको खेलपछि बौल्दै जिदानले लिगमा कहिले के हुन्छ हामीले आँकलन गर्न नसक्ने बताउँछन् ।

जिदान भन्छन्, ‘पुछारको टोलीसँग हिजो हामीलाई खेल्न धेरै गाह्रो परेको थियो । ला लिगामा यस्तै हुन्छ । तर पनि मेरा खेलाडीहरूले उत्कृष्ट खेल खेल्दै म्याच जिते । म सबै खेलाडीहरूलाई बधाई दिन चाहन्छु ।’

कोरोना माहामारीका कारण स्थगित ला लिगा जुनमा सुचारु भएपछि रियलले खेलेको पाँचमध्ये पाँचै खेलमा जित निकालेको छ ।

ला लिगामा अब बाँकी रहेका ६ खेलहरूमा रियलले गेटाफे, एथ्लेटिक क्लब, अलाभेस, ग्रानाडा, भिल्लारियल र लेगानेसको सामना गर्नुपर्ने छ ।

Loading...