साम्राज्ञीमाथि भुवनको यस्तो कटाक्ष

विराटनगर, १५ असार । निर्माता तथा निर्देशक भूवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई इंगित सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

आइतबार बेलुका फेसबुकमा एक स्टाटस लेख्दै भुवले नायिका साम्रज्ञीमाथि कटाक्ष गरेका हुन् ।

उनले साम्राज्ञीलाई अहिले ‘ड्रिम्स’कै ब्रान्ड बेचेर चलचित्र क्षेत्रमा नाम कमाइरहेको आरोप लगाएका छन् ।

भूवनले फेसबुक स्टेटसमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोईकराई गर्ने नायिका अहिले कुन चलचित्रको नाम बेचेर खाइरहेकी छन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा गरे हुने नि ।’

भूवनले आफू निर्देशित चलचित्र ‘ड्रिम्स’बाट साम्राज्ञीलाई फिल्म क्षेत्रमा प्रवेश गराएका थिए ।

साम्राज्ञीले केही दिन अगाडि मात्र सामाजिक सञ्जालमै आफूले केही चलचित्रकर्मीसँग काम गर्दा नराम्रो अनुभव भोगेको बताएकी थिइन् ।

आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उनले फिल्म क्षेत्रमा काम गर्ने क्रममा आफूमाथि दुर्व्यवहारसमेत भएको बताइन् । सेयर गरेलगत्तै साे भिडियो निकै भाइरल भएको छ ।

साम्राज्ञीले भिडियो सेयर गर्नुभन्दा केही समय अगाडि आफ्नो डेब्यु चलचित्र ‘ड्रिम्स’को छायांकनमा अभिनेता अनमोल केसी र आफूमाथि पक्षपात गरिएको समेत बताएकी थिइन् ।

साम्राज्ञीले बारम्बार सामाजिक सञ्जालमा नाम नै लिएर आक्रोश व्यक्त गरिरहेको बेलामा भुवन केसीले आफ्नो धारणा ब्यक्त गरेका हुन् ।

खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !!

Posted by Bhuwan Kc on Sunday, June 28, 2020
Loading...