मदन भण्डारीको जन्मदिनमा नेकपा मोरङले गर्‍यो जिल्लाभरि वृक्षारोपण

विराटनगर, १५ असार । नेकपा मोरङले जननेता मदन भण्डारीको जन्मजयन्ती जिल्लाभरि वृक्षारोपण गरेर मनाएको छ ।

१४ असारमा जिल्लाभरि वृक्षारोपण गरेर नेकपाले जननेता मदन भण्डारीको ६९औं जन्मजयन्ती मनाएको हो ।

नेकपा मोरङले रतुमाई नगरपालिकाको झुनावारीस्थित सातमेडी र बेलबारी नगरपालिकाको सिंहदेवी सामुदायिक वन क्षेत्रमा सामूहिक वृक्षारोपण गरेको थियो ।

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र वन वातावरण राज्यमन्त्री विजय विश्वासले दुवै स्थानमा वृक्षारोपण गरेका थिए ।

वृक्षारोपण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश रेग्मी, मोरङका अध्यक्ष ऋषि पोखरेल, सचिव गणेश उप्रेती, प्रचार विभाग प्रमुख मणि दहाललगायत स्थानीय पार्टी प्रतिनिधि, जनप्रतिनिधि र कार्यकर्ताहरूले सहभागिता जनाएका थिए ।

यसैगरी नेकपा विराटनगर महानगर समितिले विराटनगरका विभिन्न स्थानमा वृक्षारोपण गरेको थियो । अनेरास्ववियू मोरङले पनि विराटनगरस्थित मोरङ क्याम्पस र उर्लाबारीस्थित बहुमुखी क्याम्पसमा वृक्षारोपण गरेको थियो ।

चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा मृत्यु भएका स्वर्गीय नेतामदन भण्डारीको जन्मजयन्तीको अवसरमा वृक्षारोपण गर्न नेकपामोरङले सबै जनवर्र्गी संगठन र कार्यकर्ताहरूलाई निर्देशन गरेको थियो ।

Loading...