आजदेखि सेयर बजार खुल्ने

काठमाडौं, १५ असार । सेयर बजार आजबाट खुल्ने भएको छ ।

कोरोना भाइरसको कारण लकडाउन सुरु भएदेखि बन्द रहेको धितोपत्रको दोस्रो बजार सोमबार (आज)बाट खुल्ने भएको हो ।

तर, कोरोनाको जोखिम समान्य नहुदाँसम्म नियमित कारोबार समय भने ४ घण्टामात्र हुने बताइएको छ ।

चैत ११ गते देखि बन्द रहेको सेयर बजारलाइ लकडाउन खुकुलो भइसक्दा पनि बन्द रहेपछि अर्थमन्त्रीलाई समेत जोडर आलोचना गर्न थालेपछि बजार खोल्ने विषयमा अध्ययन नै गरेर निर्णय गरेको हो ।

Loading...