भोजपुरमा आगलागीमा परेर बालिकाको मृत्यु

भोजपुर, १५ असार । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ।

स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनीकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो।

बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा गएराति मृत्यु भएको प्रहरीको भनाइ छ।

विद्युत् चुहावट भई कार्कीको घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करीब १७ लाख रूपैयाँ बराबरको क्षति भएको छ। रासस

Loading...