संक्रमित व्यक्तिको प्लाज्मा जाँचको तयारी

काठमाडौं, १४ असार । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड—१९ संक्रमणबाट गम्भिर अवस्थाबाट संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी गरेको छ ।

संक्रमित भएर जटिल अवस्थामा उपचार गराइरहेका व्यक्तिहरुमा निको भएका व्यक्तिको प्लाज्मा दिएर बचाउन सकिन्छ भन्ने अध्ययनहरुले देखाएकाले परीक्षणको तयारी गरिएको परिषदले जनाएको छ ।

परिषदका चिफ रिसर्चर डा. मेघनाथ धिमालले निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भन्ने कुराहरु बाहिरबाट आइरहेकोले नेपालको इथिकल बोर्डले पारित गरेकाले केही समयपछि नै परीक्षण हुने बताए ।

‘लास्ट स्टेजमा पुगेको मान्छेलाई निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भनेर बाहिरबाट पनि आइरहेको छ ।’ उनले भने ‘हाम्रो इथिकल बोर्डले पारित ग¥यो । छिट्टै सुरु गर्छौ । डिस्चार्ज भएर जानेहरुले पनि हामी दिन्छौँ भनेर भनिरहेका छन् । हामी रिसर्च गर्छौ ।’

परिषदले अहिले नेपालमा रहेका संक्रमितहरु विभिन्न देशबाट आएका व्यक्तिहरुमा लक्षणहरु पनि फरक फरक रहेकाले त्यो विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ ।

Loading...