मदन भण्डारीको जन्मजयन्तीमा वृक्षारोपण

विराटनगर, १४ असार । स्वर्गीय जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मोरङका विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ ।

आइतबार मोरङको रतुवामाई नगरपालिका, विराटनगर महानगरपालिकासहित विभिन्न स्थानमा वृक्ष रोपण गरिएको हो ।

भण्डारीको जन्मजयन्तीको अवसरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विराटनगर समितिको आयोजनामा विराटनगर ५ स्थित केशसिया खोला छेउको शंकरबारीको २ विगाहा जग्गा क्षेत्रमा वृक्षारोपण सुरु गरिएको हो ।

वृक्षारोपणको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । विराटनगर १२ को करिब २ विगाहा क्षेत्र पनि वृक्षारोपण सुरु गरिएको नेकपा विराटनगरका संयोजक सागर थापाले जानकारी दिए ।

कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीले दिएको विचारकै कारण नेपालको समृद्धिको सपना साकार हुने बताए । कम्युष्टि पार्टीको नेतृत्वमा समृद्धिको यात्रामा देश अगाडि बढेको बताउँदै उनले सम्पूर्ण परिवर्तनको श्रेय भण्डारीलाई नै जाने बताए ।

मोरङको रतुवामाई नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी मोरङले वृक्षरोपण गरेको थियो । रतुवामाईको वृृक्षरोपणमा प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की पुगेका थिए ।

मोरङको रतुवामाई नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी मोरङले वृक्षरोपण गरेको थियो । रतुवामाईको वृृक्षरोपणमा प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की पुगेका थिए । रतुवामाईमा तीन हेक्टर क्षेत्रमा वृक्षरोपण गरिएको नेकपा रतुवामाई नगरपालिका इञ्चार्ज सुमन कालिकोटेले जानकारी दिए ।

Loading...