आइसीपी र रेलवेका कारण पानीको निकास थुनियो, विराटनगरका ४ गाउँ डुवानमा

यज्ञ अधिकारी

विराटनगर, १४ असार । सीमामा निर्माण गरिएको नेपाल भारत रेलवे र संयुक्त भन्सार जाँच चौकी(आइसीपी)का कारण पानीको निकास थुनिदा विराटनगर महानगरपालिकाको १८ नम्बर वडाका चार गाउँ जलमग्न भएका छन ।

भारत सरकारको सहयोगमा निर्माण भएका दुवै योजना निर्माण ताका पानीको निकासको प्रवन्ध नमिलाईएको कारण बर्षातको पानीले गाउ“हरु ढुवानमा परेका हुन ।

धरान विराटनगर सडकबाट आइसिपिसम्म पुग्न निर्माण गरिएको सडक ५ फिट अग्लो छ । भारत सरकारले निर्माणको क्रममा स्थानियसंग कुनै परामर्स नगरि निर्माण गर्दा ढुवानको समस्या सृजना भएको हो ।

निर्माणको क्रममा स्थानिय सँग कुनै सल्लाह नलिएको विराटनगर १८ का वडा अध्यक्ष राजदेव यादवले बताए । उनले भारत सरकारले आफ्नो मात्र स्वार्थ हेरेर आईसिपिको सडक र रेलवे निर्माण गरेको कारण समस्या आएको बताए ।

निर्माणको क्रममा निर्माण कम्पनीलाई पर्याप्त पानीको निकासको व्यवस्था गर्न भने पनि सुनवाई नभएको उनले बताए । उनले भने ‘निर्माण कम्पनीले दिल्लीबाटै नक्सा बनेर आएकोले हामी त्यहि अनुसार काम गर्ने बताएका थिए ।’ पानीको निकास हुने ठाउ“ थोरै हुँदा स्थानिय र किसान बढी समस्यामा परेको उनले बताए । डुवानको कारणले १५ सय भन्दा बढी घर धुरी समस्यामा परेको उनले जानकारी दिए ।

भारत सरकारले निर्माण गरेर नेपाल सरकार हस्तान्तरण गरेको रेलवे र आइसीपीको कारणले किसानको सयौं विगाहा जमिन ढुवानमा परेको छ । सडक र रेलवे निर्माण गर्दा जमिनको सतह भन्दा ५ फिट ड्याम उठाएर त्यसमाथि निर्माण गरिएकाले पानीको निकास रोकिएर सो क्षेत्र जलमग्न बनेको हो ।

बाढीको कारणले विराटनगर १८ का खोक्साहा, समादगी, लावाघाट, भेडीयारी र डाङग्रा टोल बढी डुवानमा परेका हुन ।

डुवानको कारणले धेरै किसानको रोपेको धान नष्ट हुने अवस्थामा पुगको छ । रोप्न बाँकी खेतमा डुवानको कारणले रोपाई गर्न नपाएको कृषक चन्द्रकिशोर मण्डलले बताए । आइसीपी र रेलवे निर्माणको क्रममा पटक पटक भने पनि कसैले सुनवाई नगरेको उनले दुखेसो पोखे । उनले भने ‘सबैले ल ल भनेर मात्र टारे ।’

आइसीपी वरपर पसल सञ्चालनको लागी निमार्ण गरिएका सबै घरटहराहरु डुवानमा परेका छन् । डुवानको कारण कतिपयले सडक किनारामा टहरा निर्माण गर्न थालेका छन् । डुवानको कारण ५ दिन देखि व्यापार गर्न नपाएको सीता यादवले बताईन ।

डुवानको समस्या नभएको उक्त क्षेत्रमा रेलवे र सडकको निर्माण भएसँगै डुब्न थालेको स्थानियले बताए । रेलवेमा निकासको लागी सात स्थानमा व्यवस्था गरिएको छ । त्यसमा दुई ठाउँबाट मात्र पानी निकास हुन्छ । बा“की अग्लो ठाउमा बनेकोले पानी निकास हुँदैन् । आइसीपी जाने सडकमा पानी निकासको लागी दुईठाउ“मा कल्र्भट निर्माण गरिएको छ । जुन त्यति धेरै पानी निकासको लागी अप्रयाप्त छ ।

केन्द्रमा जानकारी गराएको छु – प्रमुख जिल्ला अधिकारी

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले डुबान समस्याका बारेमा केन्द्रमा जानकारी गराएको बताए ।

आइसीपी उद्योग वाणिज्य मन्त्रालय मातहत पर्ने बताउँदै उनले भने ‘मन्त्रालमा मैले मौखिम जानकारी गराएको छु । प्राविधिक टोली आएर मुल्याङकन गर्छ होला ।’ निकास कल्भट नभएको र भएका कल्भट पनि उच्च स्थानमा देखिएको उनले बताए ।

Loading...