विराटनगरको छैठौं नगरसभा, विकासकाे गति बढेकाे मेयरको दाबी

विराटनगर १४ असार । विराटनगर महानगरपालिकाको छैठौं नगरसभा सकिएको छ । बन्दसत्रमा पेस भएका प्रस्तावमाथि छलफल पछि नगरसभा सम्पन्न भएको हो ।

आइतबार सम्पन्न सभामा आर्थीक वर्ष २०७६–०७७ को बजेट कार्यान्वयनको प्रगति समिक्षा ,संशोधित नीति तथा कार्यक्रमका विषय छलफल भएको थियो ।

नगरसभाका क्रममा मेयर भीम पराजुलीले आफ्नो एक मात्र उद्देश्य विराटनगर महानगरपालिकाको आर्थिक, सामाजिक र पूर्वाधारको अधिकतम विकास गर्ने रहेको बताए ।

महानगरपालिकाको आर्थिक स्रोत साधनको अधिकतम प्रयोग र परिचालन गरी काम कारवाही अगाडि बढाइ रहेको बताउँदै मेयर पराजुलीले संघिय सरकार र प्रदेश सरकारसँगको समन्वयमा ठूला पूर्वाधार विकासका आयोजनाहरु अगाडि बढाइरहेको बताए ।

कोरोना कारण उत्पन्न समस्या समाधानका साथ आगामी कार्यक्रम फलदायी बनाउन लाग्नुपर्ने उनले बताए । मेयर पराजुलीले विराटनगरमा विकासको गति बढेको बताए ।

सडकहरु कालोपत्रे गर्ने काम सम्पन्न हुने चरणमा रहेको र चाडै थप बिकासका कार्यक्रम सुरु हुने बताए ।

नगरसभामा राजश्व परामर्श समिति संयोजक इन्दिरा कार्की, सार्वजनिक सेवा तथा क्षमता बिकास समिति संयोजक बिनोद बस्नेत, सामाजिक विकास समिति संयोजक तिर्थेन्द्र न्यौपाने, पूर्वाधार विकास समिति संयोजक देबेन्द्र पोखरेल, बिधेयक समिति संयोजक मीनकुमार आचार्य, आर्थिक विकास समिति संयोजक मनोज सुब्बा ,लेखा समितिका तर्फबाट बिश्वनाथ भगत ,वातावरण तथा विपद व्यवस्थापन समितिका तर्फबाट बद्री सरदार लगायतले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

नगरसभामा कार्यपालिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ मेयर पराजुली ,उपमेयर इन्दिरा कार्की, प्रमुख प्रसाशकीय अधिकृत इन्द्रमणी पोखरेलले दिएका थिए ।

Loading...