मोरङमा थप १७ जनामा कोरोना पोजेटिभ,प्रदेशमा २७ जना थपिए

विराटनगर, १४ असार । मोरङमा आइतबार थप १७ जनाका कोरोना पोजेटिभ देखिएको छ ।

कोशी अस्पताल विराटनगर प्रयोगशालामा जाँच गर्दा मोरङको सुनवर्सी नगरपालिकाका १ महिलासहित १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

नगरपालिकाका जनस्वास्थ्य अधिकृत किशोर मण्डलका अनुसार संक्रमण पुष्टि भएकाहरू भारतबाट आएकाहरू हुन् ।

उनीहरू गान्धी आश्रम क्वारेन्टाइनमा बसिरहेका थिए । यो सँगै मोरङमा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ । संक्रमितमध्ये १९ जना महिला छन् ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६० पुगेको छ ।

२७ जना थपिए

आइतबार प्रदेश १ मा २७ जना काेराेना संक्रमित थपिएका छन । जसमा २० पुरूष र सात महिला छन । माेरङमा १७ जना, झापामा २ जना, सुनसरीमा  १ जना, उदयपुरमा ६ जना र इलाममा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

झापाकाे हल्दीबारीमा २ महिला, उदयपुरकाे कटारीमा तीन महिलासहित ५ जना र त्रियुगामा १ जना पुरूष, इलामकाे माइ नगरपालिकामा १ पुरूष र सुनसरीकाे इनरूवामा एक पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे हाे । प्रदेश १ मा संक्रमितकाे संख्य५६० पुगेकाे छ । काेराेना जितेर डिस्चार्ज हुनेकाे संख्या ३७७ छ ।

Loading...