यतिबेला म हट्ने हो भने भोलि देशकाे पक्षमा कसैले बोल्ने आँट गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, १४ असार । अहिलेको अवस्थामा आफू प्रधानमन्त्रीको पदबाट हट्ने हो भने भोलिका दिनमा कसैले राष्ट्रियताको पक्षमा बोल्ने आँट नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

आफूलाई पदमा बसिरहन मन नभएको बताउँदै उनले अहिलेको अवस्थामा आफू प्रधानमन्त्रीबाट हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताए ।

‘मलाई प्रधामन्त्रीको जिम्मेवारीमा बसिरहन् मन छैन् तर यतिबेला म हट्ने हो भने भोलिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्दैन ।’

मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘किनकि भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, देशका लागि ।’

आफ्नो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्नेसमेत उनले बताएका छन् ।

नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि कतिपयले ‘प्वाइन्ट अफ नो रिटर्न’ अर्थात पछाडि फर्किने ठाउँ नै नभएको भनेको उनले  बताए ।

‘प्वाइन्ट अफ नो रिटर्न नै हो ।’ उनले भने‘ त्यहाँ प्वाइन्ट अफ रिटर्न राख्नै कुरै थिएन । हामीलाई हाम्रो भूमि चाहियो । फिर्ता नलिकन छोड्दैनौं ।’

नयाँ नक्सा जारी भएपछि भारतले आफूलाई हटाउने षड्यन्त्र गरेको उनले बताए ।

Loading...