Rumpum Advertisement

कोरोना संक्रमित गर्भवती महिलाले कोमामा जन्माइन् छोरा, १४ हप्तामा जन्मेको शिशुमा देखिएन संक्रमण

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमित गर्भवती महिलाले कोमामा जन्माइन् छोरा, १४ हप्तामा जन्मेको शिशुमा देखिएन संक्रमण

एजेन्सी, १४ असार । कोरोना भाइरसका कारण आफ्नै जीवनको लागि संघर्ष गरिरहेकी कोलोम्बियाकी एक महिलाले छोरालाई जन्म दिएकी छन् ।

कोरोना भाइरसबाट संक्रमित भएकी ३६ वर्षीय डायना अंजोलालाई उनको फोक्सोले काम नगरेपछि कोमामा राखिएको थियो ।

कोमामा रहेकी डायनाले १४ हप्तामै छोरो जेफरसनलाई जन्म दिएकी हुन् ।

डाक्टरहरूले उनको फोक्सोको अवस्थाका कारण सिजेरियन तरिका अनपाएर १४ हप्तामानै डेलिभेरी गराएका हुन् ।

निर्धारित समयभन्दा अगाडि नै जन्मेका जेफरसन सास फेर्न संघर्ष गरिरहे पनि उनी कोरोना भाइरसबाट संक्रमित भने थिएनन् ।

धेरै प्रविधि र न्यूरोलोजिकल तथा फोक्सो विकासका साथै राम्रो तौल भएको शिशु २४ हप्तादेखि जीवित रहन सक्छ ।

तर, १४ हप्तामा जन्मेको शिशुलाई इन्क्युबेटरमा राखेपछि सास फेर्न सहज भएसँगै छिटो तौल पनि बढ्न थालेको उपचारमा संग्लग्न डाक्टरहरू बताउँछन् ।

दक्षिण एसियाली शहर कालीको भर्सालिस क्लिनिकमा आन्तरिक औषधिमा विशेषज्ञ डाक्टर पाला भेलास्केजले यो कुराले आफूलाई धेरै अचम्मित बनाएको बताए ।

१५ मेका दिन डायनलाई ज्वरो आएका कारण अस्पताल भर्ना गरिएकाे थियो । तीन दिनपछि उनकाे शल्यक्रिया नभएसम्मका लागि कोमामा राखिएको थियो ।

डाक्टरले आफूहरूलाई बचाउन सक्दो प्रयास गरेको भन्ने कुरा थाहा पाउँदा भावुक बनेकी अंजोला भाइरसबाट निको भएकी छिन् ।

अब उनी आफ्नो छोरासँगै डिस्चार्ज हुन प्रतीक्षामा छिन् ।