विराटनगर, १४ असार । लकडाउनको समयमा मानिसहरू धेरै समय समाजिक सञ्जालमा बिताइरहेका छन् ।
फुर्सदको समय सामाजिक सञ्जाल प्रयोग गर्नेहरुले सानो कुरालाई ठूलो विषय बनाएर ट्रोल बनाइरहेका हुन्छन् । पछिल्लो समय अभिनेत्री पूजा शर्मा ट्रोलको (मजाकको पात्र) सिकार बनेकी छन ।
उनी आफ्नै अभिव्क्तीका कारण मजाकको पात्र बनेकी हुन । ३ महिना अगाडी एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा उनले जिल्ला र प्रदेशको संख्या गलत भनेकी थिइन । प्रस्तोताको प्रश्नमा उनले नेपालमा १४ जिल्ला र ७२ प्रदेश रहेको जवाफ दिएकी थिइन ।
प्राइम टेलिभिजनमा प्रसारण भएको अन्तरवार्ता यूट्युवबाट हटाए पनि शर्माको अभिव्यक्ती पछिल्लो समय भाइरल भइरहेको छ ।
फिल्ममा महँगो पारिश्रमिक लिने कलाकारको रूपमा चिनिएकी पूजा देशमा जिल्ला र प्रदेशको संख्या भन्न नजानेको भन्दै उनको आलोचना भइरहेको छ ।
यस्तैमा अभिनेत्री सुष्मा कार्कीले आफ्नो इन्स्टाग्रामको स्टोरीमा नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने ज्ञान नहुने नेपालका हिरोइन देखेर लाज लागेको भन्दै पूजालाई ब्याङग्य गरेकी छन ।