राहत पाउँदा फति ऋषिदेव हर्षित

विराटनगर, १४ असार । एक वर्षदेखि ओछ्यान परेका विराटनगर महानगरपालीका १९ का फति ऋषिदेवले राहत पाएका छन् ।

बिरामी परेर थलिएका फति काम गर्न नसक्ने अवस्थामा छन । वर्खा लागेसँगै घरमा पानी चुहिएर समस्यामा परेको समाचार आएपछि विराटनगर– ४ कंचनबारीका कृष्ण माझीले राहत वितरण गरेका हुन । उनले १० केजी चामल, २ केजी आलु, १ केजी दाल, १ केजी नुन र १ लि. तेल सहयोग गरेका हुन ।

फति ऋषिदेव रातभरी सुत्न समेत पाउँदैनन् । दिनरातै पर्ने पानी उनको घरभित्र सबै पस्छ । ओत लाग्ने घर नभएका कारण उनले घर बनानउन सहयोग गरिदिन आग्रह गरेका छन । घर मर्मतका लागि कसैले सहयोग गरिदिए आफ्नो ठुलो समस्या समाधान हुने बताएका छन् ।

Loading...