नेकपा स्थायी कमिटी बैठक : राष्ट्रिय एकतामा जोड

काठमाडौं, १३ असार । राष्ट्रिय सहमति कायम गरी नेपालको नक्सामा समावेश गरिएको भूमि कूटनीतिक माध्यममार्फत भारतसँग वार्ता गरी फिर्ता ल्याउनुपर्ने नेकपा नेताहरुले बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरुले भारतसँग वार्ता गरी नेपाली भूमि फिर्ता ल्याउनु पर्ने बताएका हुन ।

राष्ट्रियता, सार्वभौसत्ता, अखण्डताका विषयमा कोही कसैसँग सम्झौता गर्न नहुने बताए । ‘संविधानले नै निदृष्ट गरेको नेपालको भूमिलाई राष्ट्रिय एकताद्वारा भूमि प्राप्त गर्ने विन्दुसम्म पुर्याउनुपर्छ भन्नेमा स्थायी कमिटी सदस्यहरुको जोड रह्यो”, बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।’

बैठकमा देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, पुथ्वीसुब्बा गुरुङ, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ र पुष्प कँडेलले राष्ट्रियता एवम् समसामयिक राजनीतिक विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

अर्को बैठक १६ असारमा बालुवाटारमा पुनः बस्नेछ । आइतबार मदन जयन्ती र सोमबार असार १५ रहेकाले बैठक १६ गतेका लागि राखिएको हो । रासस

Loading...