सुदूरपश्चिममा ३४२ जनाले जिते कोरोना

धनगढी, १३ असार ।सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढिरहेको परिस्थितिमा कोरोना संक्रमित निको हुने दरसमेत बढ्दै गएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्यांकले यस प्रदेशमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको देखाएको छ ।

यस प्रदेशका ९ वटै जिल्लामा गरी हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ८६२ पुगेको छ । जसमध्ये ३४२ जना निको भएर घर फर्किसकेका छन् ।

मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले कोरोना संक्रमण निको भएका, १४ दिन आइसोलेसनमा बसेर कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य अवस्था सामान्य भएका ती कोरोना संक्रमितलाई विभिन्न अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिए ।

संक्रमितमध्ये बाजुरामा दुई र कैलालीमा तीन गरी पाँच जनाको मृत्यु भएको छ ।

Loading...