चितवन, १३ असार । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस सङ्क्रमित एक पुरुषको ज्यान गएकाे छ ।
उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ ।
बिहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
उनका अनुसार ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए ।
पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो ।
उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो ।
भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो ।
कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो ।