चालीस वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भयो : कृषिमन्त्री भुसाल

काठमाडौं, १३ असार । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको बताएका छन् ।

एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवशको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री भुसालले ३०–४० वर्ष यता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए ।

उनले कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरू ल्याएर विगार्ने काम गरिएको बताए । उनले भने, ‘हामीले त ३०–४० वर्ष भयो बर्बाद पार्न थालेको । हाम्रा साना दुःखले बर्बाद पारेको होइन । हामीले बहुत मेहनतले बर्बाद परेका छौं । हाम्रो कृषि व्यवस्थालाई हामीले भाषण गरेका छौं, हामीले अनेक प्रयत्नहरू गरेका छौं, ठेक्का पट्टा गरेका छौं, प्रोजेक्टहरू गरेका छौं । के के ग¥यौं ग¥यौं । यो कृषि व्यवस्था विगार्नका लागि ।’

देशमा औद्योगीक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाडदा कृषि व्यवस्था र प्रणाली नै विग्रेको मन्त्री भुसालले बताए ।

उनले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडी परेको बताए । उनले पछिल्लो ३०÷४० वर्ष यताको स्थितिलाई हेर्दा हेर्दै सबै कृषि उपज किनेर खानुपर्ने दिन आएको बताए ।

उनले भने, ‘स्तो देखियो भने कृषि प्रधान देश हावा, पानी, माटो आदि इत्यादि फेभर गरेको यस्तो मुलुकमा हामीले हरेक दिन किनेर खानुपर्ने, अन्न पनि किनेर खानुपर्ने, फलफूल किनेर खानुपर्ने, माछामासु किनेर खानुपर्ने, दुध किनेर खानुपर्ने यस्ता दिन आए हेर्दाहेर्दै ।’

Loading...