नेपाल भित्रियो सलह किरा

काठमाडौं, १३ असार । केही समयदेखि चर्चामा रहेको सलह किरा भारतबाट नेपाल प्रवेश गरेको छ ।

बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको सहल किरा नियन्त्रणका लागि सरकारले गठन गरेको प्राविधिक समितिमा संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिएका छन् ।

शनिबार बिहान साढे सातदेखि ८ बजेको समयमा भारतको बिहार हुँदै भैरहवादेखि नवपुर क्षेत्रमा प्रवेश गरेको हुनसक्ने उनले बताएका छन् ।

यता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको जनाएको छ ।

बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए ।

Loading...