शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना संक्रमण पुष्टि

पाल्पा, १३ असार । पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएअनुसार प्रदेश प्रयोगशाला भैरहवामा शुक्रबार थपिएका ७७ संक्रमितमध्ये दुई सैनिकसमेत रहेका छन् ।

२० जेठमा पूर्वखोला गाउँपालिका सिलुवाका ३६ वर्षीय एकजना पुरुषको उपचारका क्रममा युनाइटेड मिशन अस्पतालमा मृत्यु भएको थियो । ती पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि २२ जेठमा पाल्पा बुटवल सडक खण्डको डुम्रेखोलामा शव व्यवस्थापन गरिएको थियो ।

यद्यपि, शव व्यवस्थापनदेखि नै ती सुरक्षाकर्मीलाई आइसोलेशनमा राखिएकाले सबै सुरक्षित रहेको तानसेनस्थित गोरखदल गणले जनाएको छ ।

Loading...