कुलोको पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

दमक, १३ असार । झापामा कुलोको पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।

झापा शिवसताक्षी नगरपालिका–८ काभ्रे चोक बस्ने मिलनकुमार बिष्टको ३ वर्षीय छोरा संयमकुमार बिष्टको कुलोको पानीमा डुबेर मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह ४ बजे घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक उनी डुबेका थिए ।

डुबेर वेहोस भएका संयमको उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Loading...