एक वर्षे शिशुसहित गण्डकीमा थप ३२ जनामा कोरोना

काठमाडाैं, १३ असार । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक वर्षिय बालकसहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गर्दा स्याङजाका २२ जना, बाग्लुङका ८, नवलपरासी(बर्दघाट सुस्ता पूर्व) २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ ।

स्याङजा अर्जुन चौपारी गाउँपालिकाका १२ महिने शिशुसहित ४१ वर्ष उमेर समूहका १३ जना पुरुष छन् । १० देखि २९ वर्ष उमेर समूहका ६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

विरुवा गाउँपालिका, काठेखोला, पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकामा १÷१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङको काठेखोला गाउँपालिकाका २० देखि ८० वर्ष उमेर समूहका ७ जना, ढोरपाटन नगरपालिकाका २५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । नवलपरासीको हुप्सीकोट गाउँपालिकाका २६ र ४० वर्षका २ जना पुरुष छन् ।

Loading...