बहुविवाहका मुद्दा घटे, करणीका मुद्दा बढ्यो

भोजपुर, १३ असार । पछिल्लो समय भोजपुरमा जबर्जस्ती करणीका घटना वृद्धि भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयको तथ्याङ्कअनुसार दर्ता भएका कूल मुद्दामध्ये ७० प्रतिशतभन्दा बढी बलात्कारका घटनाको मुद्दा रहेका छन् ।

चालु आर्थिक वर्षमा जिल्ला सरकारी वकिल कार्यालयमा आएका फौजदारी र जिल्ला प्रशासनबाट आएका १५२ वटा मुद्दामध्ये ७० प्रतिशत जबर्जस्ती करणीसम्बन्धी रहेको कार्यालयले जनाएको छ ।

साङ्गठनिक अपराधका मुद्दा केही बढेको भए पनि सम्बन्धविच्छेदका मुद्दामा कमी देखिएको निमित्त जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराईले जानकारी दिए ।

कार्यालयले स्थानीयस्तरसम्म पुगेर विद्यामान कानूनमा भएको व्यवस्थाको विषयमा जानकारी दिएसँगै उजुरी दिनेको सङ्ख्या वृद्धि भएको उनले बताए ।

‘कार्यालयमा आएका मुद्दामध्ये ७० प्रतिशत मुद्दा जबर्जस्ती करणीका मुद्दा रहेका छन,’ उनले भने ‘ गत वर्षको तुलनामा बहुविवाहका मुद्दामा भने कमी आएको छ ।’ रासस

Loading...