विराट व्यापार संघ २० वर्षमा

विराटनगर, १२ असार । विराटनगरको विराट व्यापार संघ गठन भएको १९ वर्ष पुरा भएको छ । स्थापना दिवसको अवसरमा संघले रक्तदान गरी वार्षिकोत्सव मनाएको छ ।

२० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दा ३२ पिन्ट रगत संकलन भएको संघका अध्यक्ष सुजन थापाले जानकारी दिए ।

सोही अवसरमा संघले विराटनगर स्थित बस पार्कमा विगत लामो समयदेखी बसेका मजदुरहरुलाई खाद्यान्न सामान समेत वितरण गरेको छ ।

संघले विराटनगर ९ स्थित बुधहाट चौक पंचमुखी हनुमान मंदिर अगाडी दीप प्रज्वलन गरेको छ ।

सो कार्यक्रममा उद्ययोग संगठन मोरङका अध्यक्ष भिम घिमिरे , मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतको उपस्थित थियो ।

मोरङका नयाँ एसपीलाई स्वागत

आफ्नो वार्षिकोत्सवको अवसरमा संघले जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भइ आएका एसपीलाई स्वागत गरेको छ । संघले मोरङ जिल्लाको प्रहरी प्रमुखको कमाण्ड सम्हाल्न आएका प्रमुख सन्तोष खडकालाई स्वागत गरेको हो ।

Loading...