भौतिक पूर्वाधार मन्त्रालयको शीर्षकमा विनियोजन विधयेकमाथि छलफल

रंगेली, १२ असार । प्रदेश १ को प्रदेशसभामा आर्थिक विनियोजन विधयेकमाथि छलफल चलिरहेको छ । प्रदेशसभामा शुक्रबार सांसदहरूले भौतिक पूर्वाधार विकास मन्त्रालयको शीर्षकका छलफल गरेका हुन् ।

छलफलमा सांसद धिरेन्द्र शर्माले बजेट कार्यान्वयन गर्दा व्यवस्थापकीय पक्षलाई सुधार गर्नु पर्ने बताए । उनले जनताको अपेक्षा बढै गएको अवस्थामा त्योअनुसार काम हुन नसक्दा दबाब पनि बढेको उनले बताए ।

उनले प्रदेश सरकारले जनतालाई भरोसा दिलाउन सक्नुपर्ने बताए । उनले एकै प्रकृतिको कामलाई फरकफरक मन्त्रालय र निकायबाट काम गर्ने परिपाटीको अन्त्य गर्नु पर्ने बताए ।

सांसद राजकुमार ओझाले असार १५ मा बाटो खन्ने परिपाटी कायम मै रहेको बताए । उनले प्राविधिक कर्मचारीलाई जिम्मेवार बनाउनुपर्ने बताए । ठेकेदार र प्रविधिक कर्मचारीहरू अझै पनि हिजोको परिपाटीअनुसार चल्ने गरेको उनको भनाइ थियो ।

उनले निर्माण भइरहेका सडक, पुल, तटबन्धन नियाल्न आवश्यक रहेको जिकिर गरे । मुख्यमन्त्रीको नाममा बन्ने सडक एउटै निर्वाचन क्षेत्रमा ५ वटासम्म पर्ने तर सांसदको भागको भने कटौती हुने गरेको उनले दुखसो गरे ।

सांसद रामकुमार राईले बजेट केन्द्रीकृत र शहरमुखी भएको जिकिर गरे । उनले आफ्नो निर्वाचन क्षेत्रमा अझै पनि फोनमा नेटवर्क नआउने गरेको बताए ।

सांसद श्रीप्रसा मैनालीले सरकार सदनप्रति जवाफदेही नभएको गुनासो गरे । उनले अहिलेको महामारीको कारण पर्यटन र यातायात क्षेत्र बढी मारमा परेको बताए । उनले यातायात व्यवसायीको लकडाउनभरिको बैकको ब्याजमा सरलीकरण गरिनुपर्ने र मजदूरलाई प्याकेजको व्यवस्था गर्नुपर्ने बताए ।

सुयर्माराज राईले बजेट विनियोजनको रातो किताबलाई कालो किताबको संज्ञा दिए । जनताका माग उल्लेख नभएको किताब रातो नभएर कालो हुने उनको धारणा थियो । सरकारले ठेक्का लागेको कार्यक्रमसमेत हटाएको भन्दै सरकारको आलोचना गरेका थिए । उनले सदनमा झुट बोल्ने अधिकार मन्त्रीहरूलाई नभएको भन्दै त्यसलाई सच्याउन मन्त्रीहरूलाई चुनौती दिए ।

Loading...