विराटनगर, १२ असार । विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विराटनगर-६ का ३१ वर्षीय पुरुष र विराटनगर-६ कै २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित दुवैजना भारतको नयाँ दिल्लीबाट आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
उनका अनुसार ४ असारमा दिल्लीबाट विराटनगर आएका उनीहरूको ७ असारमा स्वाब संकलन गरिएको थियो । शुक्रबार पाजेटिभ रिपोर्ट आएको हो ।
विराटनगरमा बिहीबार पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १० पुगेको छ । संक्रमितमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् ।