birat ribon

मोरङमा बक्राहा खोलाले बगाएर महिलाको मृत्यु

Neuro
मोरङमा बक्राहा खोलाले बगाएर महिलाको मृत्यु

विराटनगर, १२ असार । मोरङमा बक्राहा खोलाले बगाएर महिलाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ वर्षीया मायादेवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको हो ।

Padelux insider
cura insider

बिहीवार अपरान्ह साँढे ५ बजे बक्राहा खोला नजिकै चौपाया चराइरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् ।

इलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा शुक्रबार बिहान साँढे १० बजे बगाएको स्थानभन्दा करिब ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा उनको शव फेला पारिएको हो ।

jackson ribon