८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ

गलकोट, १२ असार । ८६ किलो गाँजासहित बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार घरमा लुकाएर गाँजा राखेको भन्ने सुराकीका आधारमा उनलाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले वडाध्यक्ष घर्तीलाई पक्राउ गरी सो परिमाणको गाँजा बरामद गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम ल्याउने र गाँजाको धुलोलाई ल्याब परीक्षण गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Loading...