अमेरिकामा कम्तीमा दुई करोड मानिसलाई कोरोना संक्रमण हुने अनुमान

विराटनगर, १२ असार । अमेरिकामा कम्तीमा दुई करोड मानिसहरूलाई कोरोना भाइरसको संक्रमण हुने अनुमान गरिएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले अमेरिकामा दुई करोड मानिसहरूमा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने अनुमान लगाएको हाे ।

एकजना कोरोना संक्रमित पुष्टि भएका ठाउँमा अन्य १० संक्रमित पनि हुने सिडिसीका निर्देशक डा.रोबर्ट रेडफिल्डले अनुमान गरेका छन् ।

सीडीसीले अमेरिकामा कोरोना महामारीको चपेटमा अधिकांश युवाहरू आइरहेको तर युवाहरूमा संक्रमण बढे पनि मृत्युदर भने कम रहेको जनाएको छ ।

सीडीसीका संक्रामक रोग विशेषज्ञ डा. जय बटलरका अनुसार युवाहरूले वृद्धजत्तिकै सावधानी नअपनाएका कारण युवाहरूमा पनि काेराेना संक्रमण फैलिइरहेकाे छ ।

अमेरिकी सीडीसीले युवाहरूमा महामारीको बारेमा सचेतना जगाउन टिकटक जस्ता सोशल मिडिया प्लेटफार्महरू प्रयोग गर्ने विचार गरिरहेको छ ।

Loading...