भारतमा एकैदिनमा हालसम्मकै धेरै १७ हजारमा कोरोना देखियो

एजेन्सी, १२ असार । भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २९६ जना सङ्क्रमित भएका छन् ।

योसँगै भारतमा कोरोनाबाट कुल सङ्क्रमितको संख्या चार लाख ९० हजार ४०१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोनाकै कारण भारतमा अहिलेसम्म १५ हजार ३०१ जनाको मृत्यु भएको छ । तीमध्ये ४०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

मन्त्रालयले स्थानीय समयानुसार शुक्रबार बिहान ८ बजेसम्मको तथ्यांक सार्वजनिक गरेको हो ।

उनीहरूले भारतमा अहिले पनि एक लाख ८९ हजार ४६३ जना सङ्क्रमित अवस्थामै रहेको जानकारी दिएका छन् ।

त्यसैगरी अरु दुई लाख ८५ हजार ६३६ जना सङ्क्रमणमुक्त भएका छन् ।

यो तथ्यांकअनुसार कुल सङ्क्रमित मध्ये ५८.२४ प्रतिशत विरामी सङ्क्रमणमुक्त भएका छन् ।

यसलाई सरकारी अधिकारीहरुले सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन् ।

Loading...