birat ribon

विप्लव सुनसरी जिल्ला इन्चार्ज हतियारसहित पक्राउ

Neuro
विप्लव सुनसरी जिल्ला इन्चार्ज हतियारसहित पक्राउ

धरान, १२ असार । प्रतिबन्धित नेकपा विप्लव समूहका सुनसरी जिल्ला इन्चार्ज हतियारसहित पक्राउ परेका छन् ।

Padelux insider
cura insider

धरान–१५ मा लुकेर बसेका धनकुटा शहीदभूमि गाउँपालिका–६ का २७ वर्षीय रोशन राईलाई बुधबार राति प्रदेश नं १ को क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो ।

विप्लवको इन्चार्ज बताउने उनले प्रयोग गर्ने गरेको मोटरसाइकल धरान–१५ रामहंस मार्गमा पार्किङ गरी राखेको जानकारी पाएसँगै बिहीबार बिहान चेकजाँच गर्नेक्रममा उक्त मोटरसाइकलको पछाडि सिटमुनि प्लाष्टिक लुकाएर राखेको हतियार र गोली फेला परेकोले थियो ।

राईलाई सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजाना मुद्धामा अनुसन्धानका लागि ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

jackson ribon