birat ribon

विराटनगरमा पानीको खाल्डोमा डुबेर ७ वर्षीय बालकको मृत्यु

Neuro
विराटनगरमा पानीको खाल्डोमा डुबेर ७ वर्षीय बालकको मृत्यु

विराटनगर, १२ असार । विराटनगरमा पानी जमेको खाल्डोमा डुबेर ७ वर्षीय बालकको मृत्यु भएको छ ।

Padelux insider
cura insider

विराटनगर महानगरपालिका–१८ आईसीपी भवन अगाडिको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर स्थानीय जयपाल मण्डलका छोरा अंकुश मण्डलको मृत्यु भएको हो ।

बिहीबार अपराह्न साँढे ४ बजे पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरूले देखेपछि तत्काल उद्धार गरी उपचारको लागि कोशी अस्पताल पुर्‍याएका थिए ।

तर, अस्पताल पुर्‍याउनासाथ बालकको मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

jackson ribon