birat ribon

मोरङको कानेपोखरीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु

Neuro
मोरङको कानेपोखरीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु

विराटनगर, १२ असार । बिहीबार राति मोरङको कानेपोखरीमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ खण्डमा बिहीबार राति भएको दुर्घटना परी एक महिला र दुई पुरुषको मृत्यु भएको हो ।

Padelux insider
cura insider

महिला पैदल थिइन् । दुई पुरुष मोटरसाइकलमा थिए । झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले महिलालाई ठक्कर दिएको थियो । महिलालाई ठक्कर दिएपछि अनियन्त्रित भएको स्करपिओले विपरीत दिशाबाट आउँदैगरेको दुईजना सवार मोटरसाइकललाई पनि ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीले बताए ।

पैदलयात्री महिलालाई ठक्कर दिएपछि अनियन्त्रित भएको स्कोरपिओले मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार झापा बाह्रदशी गाउँपालिका– ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बूको मृत्यु भएको हो ।

दुर्घटनामा महिलाको घटनास्थलमै मृत्यु भएको थियो । अन्दाजी ४५ वर्षीया उमेरकी महिलाको पहिचान खुलेको छैन । गुरुङको नोबेल मेडिकल कलेज र लिम्बूको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनापछि स्कारपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकलाई कानेपोखरी– ६ रमाइलोबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

jackson ribon