birat ribon

बिहीबार प्रदेश १ बाट ९१ जना कोरोना मुक्त

Neuro
बिहीबार प्रदेश १ बाट ९१  जना कोरोना मुक्त

विराटनगर, ११ असार । बिहीबार प्रदेश १ बाट ९१ जना कोरोना जितेर डिस्चार्ज भएका छन ।

Padelux insider
cura insider

पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ आइसोलेशन र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ महिलासहित ९१ जनाले कोरोना जितेका हुन ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकाेटाका अनुसार २ महिलासहित २१ जना डिस्चार्ज भएका हुन ।

धरान र गोठगाउँ गरी मोरङका ३२ जना, झापाका २९, सुनसरीका २१, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना छन् ।

डिस्चार्ज हुने २५ जेठदेखि २ असारसम्म भर्ना भएकाहरु हुन । उनीहरु १५ देखि ६० वर्ष उमेर समुहका छन । यो सँगै प्रदेश १ बाट कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३७६ पुगेको छ ।

jackson ribon