birat ribon

धरानबाट हतियारसहित एकजना पक्राउ

Neuro
धरानबाट हतियारसहित एकजना पक्राउ

धरान, ११ असार । सुनसरीको धरान–१५ बाट १ जना हतियारसहित एकजना पक्राउ परेका छन् । धनकुटा शहिदभुमी गाउँपालिका–६ बस्ने २७ वर्षीय रोशन राईलाई बुधबार हतियारसहित पक्राउ गरिएको हो ।

Padelux insider
cura insider

१ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । धरान–१५ मा लुकीछिपी बसेका राईलाई विशेष सुराकका आधारमा हिजो राति पक्राउ गरिएको थियो ।

राईलाई पक्राउ गरिएसँगै थप अनुसन्धान गर्ने क्रममा धरान–१५ काे रामहंस मार्गमा उनले प्रयोग गरेको मोटरसाइकल पार्किङ गरिराखेको अवस्थामा आज बिहान बरामद गरिएको थियो ।

बरामद गरिएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनैले सिटमुनि प्लाष्टिकमा बेरेर लुकाइ–छिपाइ राखेको १ थान पेस्तोल, ३ राउण्ड गोली फेला पारी बरामद गरिएको हो ।

साथै पक्राउ परेका राईको साथबाट २ थान मोबाइल र ६ थान सिम कार्डसमेत बरामद गरिएको छ ।

पक्राउ परेका रोशन राईमाथि सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्धामा अनुसन्धानका लागि दिन ६ (छ) म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

jackson ribon