गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६७ पुग्यो

पोखरा, ११ असार । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ७६७ पुगेको छ । बिहीबार दिउँसो थप १४ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ७६७ पुगेको हो ।

प्रदेश नं ४ को सामाजिक विकास मन्त्रालयका निर्देशक डा. विनोदविन्द शर्माका अनुसार आज दिउँसो तनहुँका ९ जना र नवलपरासी पूर्वका ५ जना गरी थप १४ जनामा संक्रमण देखिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ३ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको हो । तनहुँको म्याग्दे गाउँपालिकाका ७ पुरुष र २ महिला तथा नवलपरासी पूर्वका ४ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको हो ।

Loading...