अमेरिकामा एकैदिन ३४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

विराटनगर, ११ असार । अमेरिकामा एकै दिनमा ३४ हजार ७ सय कोरोना संक्रमितहरू भेटिएका छन् ।

अप्रिलको अन्त्यदेखि एकै दिनमा रेकर्ड गरिएका संक्रमितको संख्या आजसम्म कै उच्च रेकर्ड गरिएको हो ।

जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार अघिल्लो रेकर्ड ३६ हजार ४ सय रहेको थियो ।

संयुक्त राज्यमा गत दुई महिनामा संक्रमणमाथि विजय हासिल गर्न जे पनि सफलता हासिल गरिएको थियो त्यो सबै काम नलाग्ने देखिएको छ ।

दक्षिण र पश्चिमी राज्यहरूमा, संक्रमितको संख्याहरूमा फेरि एक अपरिहार्य तरिकाले बढिरहेको देख्न सकिन्छ ।

प्रशासन र स्वास्थ्य विज्ञहरूले बुधबार राजनीतिज्ञ र सामान्य व्यक्तिहरूसमेत थाकिसकेको हुँदा यसले घातक नतिजा ल्याउन सक्ने चेतावनी दिएका छन् ।

सुरुमा हटस्पट रहेका न्यूयोर्क र न्यू जर्सी जस्ता क्षेत्रहरूमा संक्रमितको नयाँ संख्या केही घटेको छ ।

तर, एरिजोना, क्यालिफोर्निया, मिसिसिपी, नेभाडा, टेक्सास र ओक्लाहोमा जस्ता धेरै अन्य प्रान्तमा यस हप्ता हरेक दिन संक्रमितको संख्यामा नयाँ रेकर्ड राख्दै आएको छ ।

अस्पतालमा भर्ना हुने संक्रमित व्यक्तिको संख्याको सन्दर्भमा उत्तरी क्यारोलिना र दक्षिण क्यारोलाइनामा पनि ठूलो संख्या रेकर्ड गरिएको छ ।

Loading...